Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

पशुपतिमा भक्तजनको भिड

Thursday, August 24, 2017 National Power

८ भदौ, काठमाडौ –  हरितालिका (तीज) का अवसरमा आज बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

भक्तजन बिहान २ बजेदेखि नै लाममा बसेपछि नै ३ बजे पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपति मन्दिरभित्र प्रवेशका लागि तीनवटा लाइनको व्यवस्था गरिएको कोषका निर्देशक एवं मन्दिर तथा गुठी शाखा प्रमुख भोला सिटौलाले बताए ।

पहिलो लाम बनकाली–पञ्चदेवल हुँदै दक्षिण ढोकाबाट, दोस्रो लाम जयवागेश्वरी–भुवनेश्वरी मन्दिर हुँदै पश्चिम मूलढोकाबाट र तेस्रो लाम गौरीघाट–उमाकुण्ड–रुद्रगाडेश्वर हुँदै उत्तरढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था गरिएको उनले बताए ।

लाम व्यवस्थित गरिएकाले गौशाला–चाबहिल सडक खुला रहेको छ । बिहान ८ बजेसम्म करिब एकलाख ५० हजार दर्शनार्थीले मन्दिर दर्शन गरिसकेका छन् । आज पशुपतिमा विशेष पूजाको कार्यक्रम राखिएको छैन । पशुपति प्रवेशमा कुनै पनि पासको पनि व्यवस्था नगरिएको निर्देशक सिटौलाले बताए ।

यसैबीच, राष्ट्रपति विद्यादेवी भण्डारीले आज साँझ ६ बजे पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको कोषले जनाएको छ ।