Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कैलालीमा बस दुर्घटना २ को मृत्यु

Monday, August 21, 2017 National Power

५ भाद्र, कैलाली – कैलालीको खानीडाँडामा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन । घाइते सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

धनगढीबाट डोटीको विपीनगर जाँदै गरेको कर्णाली रिभर यातायातको ना ४ ख ५६३५ नम्बरको बस सोमबार दिउँसो १ बजेतिर चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडामा दुर्घटनामा परेको हो । मृत्यु हुनेमा डोटी जोरायल गाउँपालिका -५ का ७० वर्षीय नर बहादुर देउवा र कैलाली जोशीपुर गाउँपालिका -५ की ४८ वर्षीया दुर्गा देवी मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए।

घाइते सबैको अत्तरीया स्थित पदमा अस्पतालमा उपचार भईरहेको छ । गम्भिर घाइते भएका १ जनालाई थप उपचारको लागि भारतको हल्द्वानी रिफर गरिएको बुढामगरले जानकारी दिए । बसमा २५ जना सवार रहेको र बस सडकबाट करीव १५० मिटर तल खसेको प्रहरीले जानकारी दिएको छ ।

 

-NPN_ 2017