Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सामाजिक अभियन्ता सबिता उप्रेती युवा राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित

Tuesday, August 15, 2017 National Power


३१ साउन, काठमाण्डौँ – अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा सम्माननिय राष्ट्रपति बिधा देवी भन्डारी ज्युबाट नगद रु एक लाख सहित मानव सेवा र शिक्षा बिधामा युवा राष्ट्रिय प्रतिभा पुरस्कारबाट सबिता उप्रेती सम्मानित भएकी छिन । उप्रेती नेपाली समाजका एउटा आशलाग्दो किरण पनि हुन । जसले अटिजम कुनै रोग होइन, माया ममता र स्पर्शमुखी शिक्षा पाए अटिजम भएका वालबालिकाले पनि केही गर्न सक्छन् भन्ने देखाउने अभियान चलाइरहेकी छिन् । उनले एक दुर्इ तीन हुदै ४५ जना अटिजम बालबालिकाको आमा बनेर सामाजिक दायित्व वहन गरिरहेकी सबिता उप्रेती नेपाली युवा पुस्ता, नेपाली महिला र नेपाली समाजको पहिचान हुन् भन्दा फरक नपर्ला । आफ्नो स्वार्थभन्दा माथि उठेर अटिजम बालबालिकाको लागि गन्तव्य यात्रा बोकेर अगाडी बढिरहेकी एक युवा महिला समाजसेवी हातलाई राष्ट्र प्रमुखबाट नै सम्मान र कदर गरिएको छ । अन्तराष्ट्रिय युवा दिवश २०१७ को अवसरमा राष्ट्रपति बिद्यादेवी भण्डारीबाट सम्मानित अटिजम सामाजिक अभियन्ता सबिता उप्रेतीलाई नेशनल पावर न्युजको तर्फबाट हार्दिक बधाई दिन चाहन्छौं । साथै आगामी दिनहरुमा अझ ससक्त रुपमा अटिजम अभियानमा लाग्ने सफलता र सबै नेपालीहरुको साथ सहयोग मिलोस् भन्ने शुभेच्छाको कामना गर्दछौं ।