Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

हवाई जहाज किन्न कचकच गर्दै मोडल नितु

Monday, August 7, 2017 National Power

काठमाडौं  – तीज नजिकिदै जादा नयाँँ नयाँ तीज गीत सार्वजनिक भएका छन् । यस्तैक्रममा ‘जाममा फसियो‘’ गीत सार्वजनिक भएको छ । झबिन्द्र पाण्डेको लय र आचल बिरही रानाको शब्द सृजना रहेको ‘जाममा फसियो तीज गीत सार्वजनिक भएको हो । ट्राफिक जामका कारण हवाईजहाज किन्दिन तीज गीतमा मोडल नितु कोइरालाले आग्रह गरेकी छन् ।

सहरको खचाखच सवारी साधनको भिडले गन्तव्यमा पुग्न निकै समस्या भएको कारण आफ्नी अर्धांगिनी नितुले हवाईजहाज किन्दिन भने पछी स्याङ्जाका यमन खनाललाई निकै समस्या परेको दृष्य यस गीतको म्युजिक भिडियोमा देखाइएको छ ।

सुपा देउराली म्युजिक प्रालिले बजार व्यवस्थापन गरेको झबिन्द्र पाण्डे र प्रतिमा विश्वकर्मा द्वारा स्वर बद्ध यस गीतको म्युजिक भिडियोलाई निर्देशन यमन खानालले गरेका हुन् भने छायाँकन तथा सम्पादन दिपेन्द्र भट्टले गरेका छन् ।

न् ।