Saturday 2nd May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

ट्रिपरको ठक्करबाट एक जनाको मृत्यु, ३ घाइते

Monday, August 7, 2017 National Power

२३ साउन, धादिङ – ट्रिपरले पृथ्वीराजमार्ग अन्तरगत सोमबार बिहान धादिङको धुनीबेसी नगरपालिका–९ खत्रीपौवामा ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । तीन जना घाइते भएका छन् ।

बैरेनीबाट काठमाडौंतर्फ जाँदै गरेको ना ४ ख ३१०५ नम्बरको ट्रिपरले सडकछेउमा हिँडिरहेका चारजनालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा धुनीबेसी नगरपालिका वडा नम्बर ९ का १८ वर्षका अजय तामाङको ज्यान गएको छ । ठक्कर दिएपछि चालक ट्रिपरसहित घटनास्थलबाट भागेका थिए । पछि प्रहरीले चालकलाई पक्रेको छ । घाइते तीन जनालाई उपचारका लागि काठमाडौं वीर अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।