Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सर्पले डसेका पाँच बिरामी अस्पतालमा

Tuesday, July 18, 2017 National Power

३ साउन, महोत्तरी – महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा मंगलबार बिहान सर्पले डसेका पाँचजना बिरामी उपचारका लागि आएका छन् ।

महोत्तरीको भंगहा गाउँका २४ वर्षीय रम्पल यादव, एकडारा गाउँका ३२ वर्षीया नसिमा खातुन, २९ वर्षीय उत्तमकुमार मण्डल र भारत विहार राज्यको सीतामढी जिल्लाका यद्युपट्टि बस्ने ६० वर्षीय समसुल हक र मतौना देवारी बस्ने १२ वर्षीय मेहताव अन्सारी रहेका जिल्ला अस्पतालले जनाएको छ।

उनीहरुमध्ये तीनजनालाई तराईमा जताततै पाइने विषालु सर्प गोमन र दुईजनालाई करैतले डसेको उनका आफन्तले बताएका छन् ।मंगलबार बिहान ५ बजेदेखि नै जिल्ला अस्पतालमा एकपछि अर्को गरी धमाधम उपचारका लागि आएको जनाइएको छ ।महोत्तरीमा अहिले अत्यधिक गर्मी बढ्न थालेका कारण जिल्ला अस्पतालमा दैनिक सर्पदंशका १२ देखि १५ जनासम्म बिरामी उपचारका लागि आउने गरेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. नागेन्द्र यादवले बताए ।