Wednesday 15th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

रोजगारीका लागी साउदी गएका १७ युवाको बिचल्ली

Wednesday, June 21, 2017 National Power

७ असार, गाईघाट – केही दिनअघि वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका उदयपुरका १७ युवा अलपत्र परेका छन्। काठमाडौंको सिनामंगलमा रहेको साउनलाइन्स रिक्रुटमेन्ट सर्भिस मेनपावरको गाईघाटस्थित शाखाका सञ्चालक नेत्र लिम्बू र रेश्मा लिम्बूमार्फत तीन साताअघि साउदी अरब पुगेका १७ जना युवा अहिले बिचल्लीमा परेको एक पीडितका दाजु होमराज राईले जानकारी दिएका छन्। साउदीमा बिचल्ली हुनेहरूमा उदयपुरका गोविन्द खड्का, होमबहादुर खड्का, युवराज थापा, राजन कार्की, रुद्र बस्नेत, तेजबहादुर कटुवाल, वसन्त राई, दुर्गानारायण श्रेष्ठ, तेजबहादुर कटुवाल, उमेश खड्का, युवराज कार्की, सोभित राई, तोपबहादुर मगर, मोहन राई, मनोज राई, मातृका घिमिरेसहितका युवा रहेका पीडितका आफन्तले बताए। प्रतिव्यक्ति एक लाख रुपैयाँका दरले रकम लिएर युवालाई गाईघाटका म्यानपावर सञ्चालक लिम्बू दम्पतीले साउदी पठाए पनि साउदी पुगेका युवाले सम्झौताअनुसार काम नपाएको र बिजोग अवस्थामा एउटा होटलमा बसेको राजन कार्कीका दाजु सरोज कार्कीले जानकारी दिए। म्यानपावर सञ्चालक लिम्बूद्वय भने सम्पर्कविहीन अवस्थामा रहेको पनि पीडितका आफन्तहरुले बताए।