Wednesday 29th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

नहरमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु

Sunday, June 11, 2017 National Power

२८ जेठ, नयाँदिल्ली – उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा आइतबार एउटा नहरमा कार खसेर भएको दुर्घटनामा परी कम्तीमा १० को मृत्यु भएको छ ।
मथुरा जिल्लाको मथुरा जजामपाटी सडक खण्डमा पर्ने मोगार्रा गाउँमा स्थानीय समयानुसार विहान ०४ः३० बजेतिर दुर्घटना भएको स्थानीय प्रहरी कार्यालयका प्रमुखले बताए ।
यस घटनामा ज्यान गुमाएका मध्ये नौ जना एउटै परिवारका भएको बताइएको छ । उनीहरु राजस्थानको एउटा चर्चित मन्दिरमा दर्शन गरेर फर्किँदै गरेका थिए । सबै शव पानीबाट बाहिर निकालिएको छ । मृत्यु हुनेमा दुई जना बालबालिका समेत रहेका छन् ।
त्यसैबीच भारत कै पश्चिमी प्रदेश महाराष्ट्रमा भएको अर्को सवारी दुर्घटनामा कम्तीमा नौ जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन् । मृत्यु भएका सबै जनाको घटनास्थलमै मृत्यु भएको र घाइतेलाई स्थानीय अहमेद नगर जिल्ला अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेहरुको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको छ ।