Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

हावाहुरीले विद्यालयको छाना उडाएपछि अध्ययन प्रभावित

Tuesday, June 6, 2017 National Power

२३ जेठ, सल्यान – गएराति आएको हावाहुरीले शिशु जागरण मावि सल्यानको छाना उडाएपछि अध्ययन अध्यापन प्रभावित भएको छ ।
वागचौर नगरपालिका–९ मा रहेको विद्यालय भवनको छाना उडाएपछि परेको अविरल वर्षाका कारण पढाइ प्रभावित भएको प्रअ केवलराम डाँगीले जानकारी दिए ।
हावाले विद्यालयको छानामा राखिएको दुई हजार चार सय वाटको सोलार प्यानल तथा विद्यालयमा रहेका अन्य विद्युतीय सामाग्रीमा समेत क्षति पुग्दा करिब रु पाँच लाखको नोक्सान पुगेको छ । गएरातिदेखि नै लगातार वर्षा भइरहेकाले पनि भवनबाट विद्युतीय सामग्री बाहिर निकाल्न कठिनाइ भएको उनको भनाइ छ । विद्यालय हावाले उडाएपछि कक्षा ९ र १० का विद्यार्थीलाई समस्या भएको छ ।