Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

प्रधानमन्त्री कृषि आधुनिकीकरण सुपरजोन एकाइले काम थाल्यो

Thursday, June 1, 2017 National Power

१८ जेठ, पोखरा – कास्की जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सुपरजोन एकाइले काम गर्न थालेको छ ।

सुपरजोन एकाइमार्फत जिल्लाभित्र पोखरा, हेम्जा, निर्मलपोखरी, भरतपोखरी र लेखनाथका विभिन्न स्थानमा तरकारीखेतीे विकास तथा विस्तारका लागि सो एकाइले काम थालेको हो ।

उक्त जिल्लामा व्यावसायिक तरकारीखेतीे विकास तथा विस्तारका लागि सो परियोजनाअन्तर्गत कुल रु ११ करोड ५३ लाख ९९ हजार विनियोजन भएको एकाइका कार्यालय प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए। कार्यालयले जिल्लाका विभिन्न पाँच ठाउँमा हाइटेक ग्रिन हाउसमा नर्सरी स्थापना गरिसकेको जानकारी दिँदै उनले जिल्लामा कस्टोम हायरिङ सेन्टर, पोष्ट हार्वेट सेन्टर, कृषि प्रविधि केन्द्र स्थापनाजस्ता कार्य पनि अघि बढाइसकेको बताए ।

हाइटेक ग्रिन हाउस नर्सरी स्थापनामा कृषक समूहको १५ प्रतिशत लगानीमा सरकारका तर्फबाट ८५ प्रतिशत अनुदान दिइने जानकारी गराउँदै उनले अनुदान सम्झौता भई काम सुरु गरिसकिएको बताए ।कार्यक्रमअन्तर्गत कस्टोम हायरिङ सेन्टरका लागि ५० प्रतिशत, पोष्ट हार्वेट सेन्टरका लागि ८५ प्रतिशत अनुदान दिइने उनले जानकारी दिए ।

जिल्लामा सहभागितात्मक वैज्ञानिक उत्पादन, प्रशोधन प्रविधि तथा स्थलगत तालिम सञ्चालन, कृषि प्रविधि केन्द्र स्थापना, जैविक विषादी कारखाना स्थापना तथा सहयोग, प्राङ्गारिक मल कारखाना तथा सहयोगजस्ता कार्यक्रम पनि समावेश गरिएको कार्यालयले जनाएको छ ।

परियोजनाको लक्ष्यअनुरुप जिल्लाभित्र कुल एक हजार हेक्टर क्षेत्रमा तरकारीखेती विस्तार गर्ने गरी काम अघि बढाइएको प्रमुख श्रेष्ठले जानकारी दिए ।