Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

बहुमतीय सरकार गठन प्रक्रिया सुरु

Thursday, June 1, 2017 National Power

१८ जेठ, काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिएको समय सकिएपछि संसद्ले बिहीबारदेखि बहुमतीय सरकार गठन प्रक्रिया सुरु गर्ने भएको छ। सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दिएको सात दिनको समय गए राति १२ बजे सकिएको छ। बिहीबार संसदको बैठकले बहुमतीय प्रक्रिया सुरु गर्नेछ। राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले दलीय सहमतिको सरकार गठन हुन नसके बिहीबारदेखि प्रधानमन्त्री निर्वाचनको नयाँ प्रक्रिया सुरु हुने जानकारी दिएका छन। उनले भने सहमतिको सरकार गठनका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई दिएको समय बुधबार राति १२ बजे सकिएको छ, विशेष परिस्थितिबाहेक सहमतिका लागि समय थप दिने प्रचलन छैन। त्यसैले बिहीबारदेखि नयाँ प्रधानमन्त्री चयनको प्रक्रिया सुरु हुन्छ। संविधानको धारा २९८ को उपधारा २ अनुसार दलीय सहमतिको सरकार गठन हुन नसकेपछि राष्ट्रपति भण्डारीले बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गर्न संसदलाई पत्र पठाउनेछिन्। राष्ट्रपतिको पत्रसँगै संसद बैठकले निर्वाचन कार्यतालिका तय गर्ने जनाएको छ।