Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

नेपाल्स चबी मोडलको फिनाले जेठ ३१ मा हुदै

Wednesday, May 31, 2017 National Power

१७ जेठ, काठमाडौं –  नेपालमानै पहिलो पटक सिद्दि मिडिया प्रालिले आयोजना गरेको चबी मोडल २०१७ सौन्दर्य प्रतियोगिताको फिनाले यहि आउदो जेठ ३१ गते बुधबार राष्ट्रिय नाच घर जमलमा हुने भएको छ ।
फरक किसिमको सौन्दर्य प्रतियोगिता अनि आफुलाई मोटो छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउन बाट डराईरहेका महिलाहरुको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको मनञ्चमा प्रतिस्प्रधा गराउने उदेश्यले आयोजना गरिएको नेपाल्स चबी मोडल २०१७ फरक प्रकारको सौन्दर्य प्रतियोगिता रहेको जानकारी सिद्दि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाहले दिएका छन ।

उक्त सौन्दर्य प्रतियोगितामा क्षमता भएर पनि सधै पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफुलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाइ उनीहरुको क्षमतालाइ अभिबृदी गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उदेश्यले यस प्रतियोगिता गरिएको र यस सौन्दर्य प्रतियोगिताले गर्दा समाज परिबर्तनमा सकारात्मक संदेश पुग्ने कुरा सिद्दि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाह बताउछन ।

चबी मोडल २०१७ सौन्दर्य प्रतियोगितामा समिरा श्रेष्ठ, मिनु तामाङ, सुनिता नेपाल, प्रेरणा श्रेष्ठ, रितु कपाली, सिमा बोम्जन, मेनका जोशी, निकिशा दंगाल, कृति बर्तौला, सगुन गुरुङ, सपना राइ, क्यारिना शाक्य, नाबिता गुरुङ, सामन्ता गौतम र सिवानी खरेलले प्रतिश्प्रधा गर्दै छन ।

उक्त प्रतियोगिताको बिजेताले नगद रु २५००० (पच्चीस हजार) सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउने भएका छन् । प्रतियोगिताका लागि छनौट भएका चबी सुन्दरीहरुलाई एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिएको छ , जसमा नेपालका ख्यातिप्राप्त ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण समेत प्रदान गरिएको छ ।

प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई विभिन्न रमणीय स्थानहरुको भ्रमण गराईनुको साथै फोटो सुट पनि गरिएको थियो अन्य विभिन्न गतिविधिमा समेत संलग्न गराई प्रतिश्प्रधिहरु को चौतर्फी व्यक्तित्व बिकाशमा समेत सहभागि गराइएको जानकारी आयोजक अमित शाहले गराए । उक्त सौन्दर्य प्रतियोगिताको कोरियोग्राफर नेपाल्स स्टार मोडलका बिजेता द्वय आशिष कुमार मिश्र र अप्सरा थापाले गरेका छन ि