Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

आज संसद बैठक बस्दै

Friday, May 26, 2017 National Power

१२ जेठ, काठमाण्डौ – व्यबस्थापिका संसद बैठक सूचारु गर्ने विषयमा प्रमुख दलबीच प्रयास जारी छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिभिन्न माग गर्दै केहि दिनयता संसद बैठक अबरुद्ध गर्दै आएपछि प्रमुख दल संसद सञ्चालनका लागि प्रयासरत रहेका हुन् ।व्यवस्थापिका संसदको बैठक आज अपरान्ह १ बजेका लागि बोलाइएको छ । स्थानीय तहको संख्या हेरफेर गर्दा निर्वाचन नहुने संभावना बढेको भन्दै एमालेले संसदमा अवरोध गर्दै आएको छ ।

एमालेले स्थानीय तह संख्या हेरफेरको निर्णय र प्रधानन्यायाधिसको महाअभियोग प्रस्ताव फिर्ता तथा निर्वाचनका क्रममा भएका घटनाको छानविन माग गर्दै आएको छ ।विहीवार राष्ट्रपतिले नीति तथा कार्यक्रम वाचन गरेलगत्तै एमाले सांसदले संसदमा बिरोध जनाएपछि बैठक आज दिउँसो सम्मका लागि स्थगित भएको थियो । बैठकको कार्यसुचीमा नीति तथा कार्यक्रम माथिको छलफल राखिएको छ ।