Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

धादिङ नीलकण्ठ नगरपालिका मेयरमा कांग्रेस र उपमेयरमा माओवादी केन्द्र विजयी

Saturday, May 20, 2017 National Power

६ जेठ, धादिङ – धादिङको नीलकण्ठ नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा माओवादी केन्द्रका उम्मेद्वार विजयी भएका छन् ।

शनिबार बिहान आएको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसका भिमप्रसाद ढुङ्गानाले १३ हजार १ सय ६६ मत प्राप्त गरि मेयरमा विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अर्जुन श्रेष्ठले ६ हजार ६ सय २८ मत पाए ।

यसैगरी उपमेयरमा नेकपा माओवादी केन्द्रका मनराज भण्डारीले १० हजार ३ सय २५ मत प्रप्तगरि विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गंगादेबी श्रेष्ठले ६ हजार ९ सय ८५ मत पाए ।

३३ हजार ९९ मतदाता रहेको नीलकण्ठ नगरपालिकामा २४ हजार ३ सय ७५ मतदाताले मतदान गरेका थिए । अन्तिम मतपरिणम अनुसार नीलकण्ठ नगरपालिकामा नेपाली कांग्रेसले ६ वडा, एमालेले ४ वडा र नेकपा माओवादी केन्द्रले ४ वडामा विजय हासिल गरेको छ ।