Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

शिक्षकसँग घुस लिंदै गरेका चारजना पक्राउ

Thursday, May 18, 2017 National Power

४ जेठ, सर्लाही – सर्लाहीबाट शिक्षकसँग चार लाख रुपैयाँ घुस लिंदै गरेको अवस्थामा आज बिहान चारजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ । महोत्तरीको बर्दिबासमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बिहान घुस लिंदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

जिल्ला शिक्षा कार्यालय सर्लाहीका उप जिशिअ रामहरि रिजाल र वासुदेव तिमल्सिना तथा जनज्योति उच्चमावि लालबन्दीका प्रधानाध्यापक विष्णुबहादुर पोखरेल र व्यवस्थापन समितिका अध्यक्ष इन्द्रप्रसाद न्यौपाने घुस सहित पक्राउ परेका अख्तियार टोलीले जनाएको छ ।