Wednesday 1st May 2024

    ‘माइती घर’का नायक सिपी लोहनीको निधन    लोक गायक कस्तुप पन्तलाई मातृ शोक    श्रमिकको बारेमा‘वफवान’को अभियान,गीतमार्फत दोहोरीसाँझदेखि मसाज सेन्टरसम्मका यथार्थ चित्रण    ‘आयोग आएपछि जलविद्युत् परियोजना सञ्चालनमा थप सहजीकरण’ : अध्यक्ष सिंह    परिवर्तन नेपालद्धारा चेतन कार्की स्मृति पुरस्कार अर्पण

दुई किशोरी बेपत्ता

Sunday, May 14, 2017 National Power

३१ बैशाख, कपिलवस्तु – कपिलवस्तुको उदयपुर वाडिगाऊंका दुई किशोरी बेपत्ता भएका छन् ।शनिबार बिहान कपिलवस्तुको बुङ्ची स्थित सिद्धार्थ क्याम्पसको चौरमा नियमित रुपमा करांते सिक्न जाने क्रममा बिहान ६ः३० बजे घरबाट हिंडेका ती दुई किशोरि हाल सम्म फेला नपरेका हुन् ।

जिल्लाको उदयपुर स्थित जनसेवा निमाविमा कक्षा आठमा अध्ययनरत बाह्र बर्षिया पुष्पा भाट क्षेत्री र तेह्र बर्षिया दिपा राना बेपत्ता भएका हुन् ।किशोरीका सवै आफन्तकोमा खोज खबर गर्दा कहिं कतै पत्ता नलागेकोले आफ्ना छोरीहरुको खोजीका लागि सहयोग गरिदिन पुष्पाका बुवा हरि बहादुर भाट क्षेत्रीले सवै संग आग्रह गरे ।