Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

आजबाट कैलालीका शैक्षिक संस्थामा पठनपाठन सुरु

Thursday, May 11, 2017 National Power

२८ वैशाख,कैलाली – लगातार शैक्षिक आमहडतालको मारमा परेका कैलाली जिल्लाका सम्पूर्ण शैक्षिक संस्थामा आजबाट पठनपाठन सुरु भएको छ ।

बुधबार दिनभर प्याब्सन, एनप्याब्सनका पदाधिकारी र विप्लप माओवादी निकट अखिल क्रान्तिकारीबीच भएको छलफलपछि आजबाट विद्यालय खोल्ने सहमति भएको अखिल क्रान्तिकारी कैलालीका उपाध्यक्ष झलक विकले जानकारी दिए । उनले पक्राउ परेका आफ्ना विद्यार्थी नेतालाई प्रहरीले नछोडेपनि लगातार विद्यालय बन्द गर्दा विद्यार्थीहरुमा नकारात्मक असर परेकाले शैक्षिक हडताल स्थगन गरेको बताए ।
प्याब्सन कैलालीका अध्यक्ष डिल्लीराज रेग्मीले शिक्षाको विषयलाई लिएर प्रहरीले जिल्ला सह सचिव रमेश साउद विरुद्ध सार्वजनिक मुद्दा नचलाइएकाले विद्यालय बन्द नगराउन र शैक्षिक आम हडताल फिर्ता लिन आग्रह आग्रह गरेका थिए, त्यसपछि अखिल क्रान्तिकारीले भने आन्दोलन फिर्ता नलिई स्थगन गर्न तयार भएको हो ।
जिल्ला सह सचिव रमेश साउँद भने निर्वाचन विरोधी गतिबिधि गरेको आरोपमा पक्राउ परेका बताइएको छ ।
शुल्क बृद्धि विरुद्ध संयुक्त विद्यार्थीको आन्दोलनका क्रममा भएको तोडफोड र प्याब्सन कैलालीका पुर्व अध्यक्ष च्ऋ यादवलाई कालो मसो दल्नमा संलग्न रहेको भन्दै सह सचिव साउद विरुद्ध मुद्दा चलाइएकाले अखिल क्रान्तिकारीले कैलाली जिल्लाका शैक्षिक निजी संस्थाहरुमा अनिश्चितकालीन शैक्षिक आमहडताल गरेको थियो ।