Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

सभामुख माथि ओलीको व्याङग्य : “भुलचुकमा उच्च ओहोदामा पुगेको उग्रपन्थी”

Wednesday, May 10, 2017 National Power

२७ बैशाख, काठमाडौँ – नेमपा एमालेका अध्यक्ष केपी ओलीले सभामुख ओनसरी घर्ती मगरलाइ “भुलचुकमा उच्च ओहोदामा पुगेको उग्रपन्थी” भन्दै तिखो प्रहार गरेका छन् ।

अध्यक्ष ओलीले भने ‘भुलचुकमा उच्च ओहदामा पुगेका उग्रपन्थीहरुले हिजो जुन व्यवहार देखाए, त्यो कानुनीराजको उपहास नै हो, उनीहरु कानुनी राज्य मान्दैनन भन्ने बुझिन्छ ।’

बुधवार एमाले चुनाव प्रचार प्रसार समितिले गरेको कार्यक्रममा बोल्दै ओलीले कानुन दिवशको दिनमा प्रधाननयायाधीशले आयोजना गरेको चियापान कार्यक्रमलाई बहिस्कार गरेर कानुनी राज्यको उपहास गरेको आरोप लगाए ।

सभामुख घर्तीको भुमिका शंकास्पद रहेको अध्यक्ष ओलीको भनाई थियो । ‘ सभामुखको मर्यादा के हो भन्ने कुरा बुझ्नुपर्यो । सत्ताको दुरुपयोग गरेर, बलमिच्चयाए सभामुखले हिँड्न मिल्दैन ।’
सर्वोच्च अदालतलाई बहिस्कार गर्नु कुन मर्यादाभित्र पर्छ भन्दै अध्यक्ष ओलीले प्रश्न गरे ।

साथै ओलीले नेपाली काँग्रेसका सभापती शेर बहादुर देउवा माथि समेत व्याङग्य गर्दै “हिजो टाउकोको मुल्य तोक्ने, आज छोरी बोक्ने” भन्दै प्रश्न गरे ।

ओलीले कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री प्रचण्ड आज एउटै डुङगामा नारिएर चितवन जान लागेको भन्दै प्रचण्ड र देउवा मिलेपनि कांग्रेस कार्यकर्ताले विगतमा माओवादीले सताएको नर्विसिएको बताए ।