Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

माओवादी कार्यकर्ताको आक्रमणद्धारा एकको मृत्यु, एक घाइते

Wednesday, May 10, 2017 National Power

२७ बैशाख, दोलखा – दोलखाको गौरीशंकर गाउँपालिका–१ जुँगुमा माओवादी केन्द्र र एमाले कार्यकर्ताबिच झडप हुँदा एकजनाको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् ।

झडपमा एमाले कार्यकर्ता गौरीशंकर गाउँपालिका–१ जुँगुका अन्दाजी ३३ वर्षका राजेश भनिने कुलबहादुर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । मृतकका बुवा स्थानीय तह चुनावमा खुल्लाबाट वडा सदस्यको पदमा उम्मेद्वार हुन ।झडपमा जुँगुकै निलकण्ठेश्वर माविका शिक्षक समेत रहेका गौरीशंकर गाउँपालिका–२ का दिलबहादुर बुढाथोकी घाइते भएका छन । घाइते बुढाथोकीको अवस्था गम्भीर रहेको र थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । मंगलबार राति एमाले कार्यकर्ता बास बसेको ठाउँमा माओवादीका कार्यकर्ताले आक्रमण गरेका स्थानीय बासिन्दाले बताएका छन् ।

माओवादी केन्द्रका जिल्ला अध्यक्ष विशाल खड्काले भने दिउँसो माओवादी केन्द्रका सांसद देवी खड्कामाथि आक्रमण भएपछि घटना भएको दाबी गरेकाछन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले केहीलाई पक्राउ गरेको छ ।