Saturday 18th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

वल्र्ड व्युटि च्याम्पियनमा नेपाली फुर्दिकी

Monday, May 8, 2017 National Power

काठमाडौं । यहि १३ मे देखि दुवईमा आयोजना हुने ब्युटिसियनहरुको अन्तराष्ट्रिय सौदर्य प्रतियोगीता ‘वल्र्ड व्युटि च्याम्पियन २०१७’मा नेपालको प्रतिनिधित्व फुर्दिकी शेर्पाले गर्ने भएकी छन् ।

भोजपुरकी स्थायी घरभइ हाल काठमाडौमा बस्दै आएकी शेर्पा सौन्दर्य व्यवसायी हुन् । उनलाई प्रतियोगितामा इप्लनेट नेपालले पठाउन लागेको हो ।

३५ भन्दाबढि देशका सौदर्य ब्यवसायिहरुको सहभागीता रहने प्रतियोगीता सौन्दर्य व्यवसायिहरुको अन्तर्रनिहित प्रतिभा उजागर गर्दै उनिहरुको काम प्रतिको लगाव र आत्मविश्वास बढाउने रहेको वल्र्ड व्युटि कांग्रेसका केन्द्रिय सदस्य तथा अन्तराष्ट्रिय कार्यक्रमका नेपाल निर्देशक सन्तोष सापकोटाले बताए ।

बिसं २०११ मा सिटिइभिटि धरानवाट व्युटिसियनको कोर्स पुरा गरेपछि सौदर्य ब्यवसायमा होमिएकी शेर्पा २०१३ मा एडभान्स कस्मेटोलोजी हँुदै आधुनिक मेक अपकोर्स, नेल आर्ट, हेयर डिजाइनिड लगायतका विधामा कार्य गर्दै आइरहेकी छन् ।

विश्वभरिका सौन्दर्य व्यवसायिहरुलाइ एकै ठाउमा भेला गराइ प्रतिष्पर्धा गराउनुका साथै यस प्रतियोगितामा सहभागी हुने व्यवसायिहरुलाई सौन्दर्य प्रसाधनका क्षेत्रमा सफल र उच्च व्यवसायीहरुसँग भेट्ने र उत्पादक कम्पनीका विज्ञहरु सँग अन्तरक्रिया छलफल गर्ने अवसर प्रदान गर्नु रहेको छ ।