Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

राप्रपामा मतदानमार्फत खस आर्यतर्फ समानुपातिक उम्मेदवार चयन, भरत गिरी पहिलो नम्बरमा

Tuesday, December 30, 2025 Devil Singh Rajput

काठमाडौं। राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) ले समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत खस आर्य समूहतर्फको बन्द सूचीमा रहने पहिलो तीन उम्मेदवारको चयन प्रजातान्त्रिक विधिबाट गरेको छ। पार्टीको कार्यसम्पादन समितिको बैठकमा गरिएको मतदानमार्फत उम्मेदवारहरू छनोट गरिएको हो।सो मतदानमा सर्वाधिक मत प्राप्त गर्दै भरत गिरी खस आर्य समूहको समानुपातिक बन्द सूचीमा पहिलो नम्बरमा चयन हुनुभएको छ। उहाँ हाल राप्रपाको कार्यसम्पादन समिति सदस्यसमेत हुनुहुन्छ।

यसअघि सम्पन्न राप्रपाको खस आर्य समूहको आन्तरिक निर्वाचनमा पनि गिरीले सर्वाधिक मत प्राप्त गर्दै मधेश–प्रदेश अध्यक्षका उम्मेदवारका रूपमा चयन हुनुभएको थियो। यस्ता आन्तरिक लोकतान्त्रिक अभ्यासले पार्टी संगठनलाई सुदृढ बनाउनुका साथै नेतृत्व चयनमा पारदर्शिता र सहभागिताको संस्कारलाई मजबुत बनाएको छ।

भरत गिरी समाजसेवा, संगठन निर्माण तथा जनसरोकारका विषयमा लामो समयदेखि सक्रिय रहँदै आउनुभएको एक निष्ठावान र कर्मशील नेताका रूपमा परिचित हुनुहुन्छ। मधेश–प्रदेशका जनताको हक–अधिकार, समावेशी विकास र सामाजिक न्यायका विषयमा उहाँले निरन्तर आवाज उठाउँदै आउनुभएको छ।शिक्षा र स्वास्थ्यलाई राष्ट्र निर्माणको आधार मानेर यी क्षेत्रमा दीर्घकालीन सुधार आवश्यक रहेको धारणा राख्दै आउनुभएका गिरीले गुणस्तरीय शिक्षा र सुलभ स्वास्थ्य सेवा बिना दिगो विकास सम्भव नहुने बताउँदै आउनुभएको छ।पार्टीभित्र उहाँप्रति रहेको विश्वास र जिम्मेवारीको संकेतका रूपमा समानुपातिक बन्द सूचीको पहिलो नम्बरमा चयन हुनुभएको गिरीको अनुभव र स्पष्ट दृष्टिकोणले मधेश–प्रदेशसहित समग्र देशको राजनीतिक नेतृत्वमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।