Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख

Wednesday, December 17, 2025 National Power

काठमाडौँ –  चलचित्र विकास बोर्डले गत साताको बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको छ । तीन फिल्म ‘परान’, ‘हर्ष’ र ‘अभिमन्यु’ को बक्स अफिस रिपोर्ट सार्वजनिक गरेको हो । जसमध्ये नीर शाह अभिनित फिल्म ‘परान’ को अहिले सम्मको आम्दानी १७ करोड ३९ लाख ४९ हजार ५०१ नेरु ग्रस रहेको छ । फिल्मको यो कलेक्सन २७ गते शनिबार राति ११ : ५९ सम्मको हो ।

त्यस्तै, फिल्म ‘हर्ष’ को २८ लाख ७६ हजार २८६ नेरु ग्रस रहेको छ । खगेन्द्र लामिछाने र वर्षा राउत अभिनित फिल्म ‘हर्ष’ गत १२ मङ्सिरमा प्रदर्शनमा आएको थियो । त्यस्तै, फिल्म ‘अभिमन्यू : च्याप्टर १’ ले पछिल्लो शनिबारसम्म २१ लाख १० हजार २०५ नेरु ग्रस कमाएको छ । फिल्ममा कामेश्वर चौरासिया र लक्ष्मी बर्देवाको अभिनय छ ।