Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

कवि रूपक र संगीतकार सन्तोषको सहकार्यमा ‘रारा तिमी स्वर्गकी अप्सरा’ सार्वजनिक

Tuesday, November 4, 2025 National Power

काठमाण्डौ – कवि तथा गजलकार रूपक अलंकारको कविता ‘रारा तिमी स्वर्गकी अप्सरा’ अहिले विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीतमा सार्वजनिक गरिएको छ। स्रग्विणी छन्दमा रचना गरिएको यो कविता रूपकको हालै प्रकाशित कवितासंग्रह ‘शान्त शर्वरी’ मा समावेश गरिएको हो। श्रेष्ठले उक्त कवितालाई आफ्नै संगीत संयोजन र गायनमार्फत् जीवन्त बनाएका छन्।

छन्द कवितालाई निरन्तर संगीतमा रूपान्तरण गर्दै आएका श्रेष्ठ भन्छन्, “छन्दको कोमलता, लयमधुरता र प्रभावकारितालाई संगीतमा उतार्दा त्यसको ओज अझ बढ्छ। यदि शब्दहरू संगीतमैत्री भए, गीत झनै सुन्दर र सशक्त बन्छ।”

कवि रूपकका अनुसार, ‘शान्त शर्वरी’ संग्रहका दुई कवितालाई सन्तोष श्रेष्ठले संगीतबद्ध गरी स्वर दिएका छन्।उनका शब्दमा, “यसअघि सन्तोषजीले पञ्चचामर छन्दमा मेरो ‘म हुँ स्वतन्त्र रापती’ कविता पनि गाउनुभएको थियो, जुन श्रोताले निकै मन पराउनुभयो।”

‘रारा तिमी स्वर्गकी अप्सरा’ मार्फत् कवि रूपक र संगीतकार सन्तोष श्रेष्ठले नेपाली छन्द कवितालाई आधुनिक संगीतको माध्यमबाट नयाँ स्वाद र सौन्दर्य प्रदान गरेका छन्।