Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

फूल फुल्यो केशरीको म्युजिक भिडियो सार्वजनिक

Tuesday, November 4, 2025 National Power

काठमाण्डौ –  फूल फुल्यो केशरी गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । कलाकार प्रबेश उप्रेती र आशा भुषालको उत्कृष्ट अभिनय रहेको उक्त गीतको भिडियो ओएसआर युटुव यानल मार्फत सार्वजनिक गरिएको छ । प्रेम, संवेदना र सौन्दर्यको सुन्दर अभिव्यक्तिसहित प्रस्तुत यो भिडियोको निर्देशन र छायांकन मरुभूमि नारायण को रहेको छ । दीपक शर्माको शब्द र संगीत रहेको उक्त गीतमा अनु चौधरी र सविन सुवेदीको सुमधुर आवाज रहेको छ ।

संगीत संयोजन पुरुषोत्तम सुवेदीले गरेका छन् भने ध्वनि सम्पादन नरेन्द्र बियोगीतथा सम्पादन रोशन धितालले गरेका छन्, । गीतले फूलको फुलाइसँगै मानवीय प्रेम र आत्मिक सम्बन्धको कथा बुनिएको छ । निर्देशक मरुभूमि नारायणको कलात्मक दृष्टि, प्रबेश उप्रेतीको प्राकृतिक अभिनय, र आशा भुषालको भावनात्मक साथले यो गीतलाई अझ हृदयस्पर्शी बनाएको छ ।