Sunday 26th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

बसुन्धारा, रातोपुल र कालोपुलका प्रहरी बिटमा आगजनी, नागरिक सरकार गठनको माग

Tuesday, September 9, 2025 National Power

काठमाडौं-  सरकार विरुद्ध मंगलबार सडकमा उत्रिएका जेनजी युवाहरूले विभिन्न स्थानका प्रहरी बिटमा आगजनी र तोडफोड गरेका छन् । राजनीतिक नेताहरूको निजी निवासको खोजी गर्दै हिँडेका युवाले प्रहरी बिट देख्नसाथ आगजनी गरेका हुन् ।

सोमबार जेनजीले सुरु गरेको समाजिक सञ्जाल बन्द र भ्रष्टाचार विरोधी प्रदर्शनमा सरकारले कम्तीमा १९ जनाको हत्या गरेपछि युवा आक्रोश झनै बढेको हो । आन्दोलनको दोस्रो दिन मंगलबार देशका मुख्य सहरमा तथा नेताहरूका निजी आवास तथा प्रहरी बिट जलाउँदै नाराबाजी गरेका हुन् ।

मंगलबार प्रदर्शनकारीले महाराजगंज स्थित प्रहरी बिटमा आगजनी गरेका छन् । उक्त बिट पुर्ण रुपमा जलेर नष्ट भएको छ । साथै बिटमा प्रहरीका केही थान मोटरसाइकल पनि जलेका छन् ।

साथै आन्दोलनका क्रममा घाइते भएका प्रदर्शनकारीलाई उपचारका क्रममा रगतको अभाव हुन नदिन प्रदर्शनकारीले विभिन्न ठाउँमा रक्तदानका कार्यक्रम पनि सञ्चालन गरेका छन् । सामाखुसीको सिटी स्क्वायर र ग्रीन सिटी हस्पिटलको प्राङगढमा रक्तदान कार्यक्रम जारी छ ।

महाराजगंज प्रहरी बिट सँगै प्रदर्शनकारीले बसुन्धारा, रातोपुल र कालोपुलस्थित प्रहरी बिट पनि जलाएका छन् । सरकारले कर्फ्यु लगाएपनि काठमाडाैंका चोकचोकमा जम्मा भएका प्रदर्शनकारीले नाराजुलुस सहित प्रदर्शन तथा तोफोड गरेका हुन् । प्रदर्शनकारीले नारा जुलुसका क्रममा नागरिक सरकार गठनको माग गरेका छन् ।