Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

काठमाडौंको सुरक्षा नियन्त्रणबाहिर

Tuesday, September 9, 2025 National Power

काठमाडौं –  काठमाडौंको सुरक्षा अवस्था नियन्त्रण बाहिर गएको छ । नेता तथा मन्त्रीका घरहरूमा आगजनी तथा केही प्रहरी कार्यालयहरूमा समेत तोडफोड र आगजनी भएको छ । सुरक्षा अवस्था चारवटै सुरक्षा संगठनको नियन्त्रणबाहिर गएपछि नेताहरूलाई सुरक्षित ठाउँतर्फ सार्न थालिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीले अवस्था नियन्त्रणमा लिन नसक्ने जानकारी प्रधानमन्त्री केपी शर्मा ओलीलाई गराइसकेका छन् । विभिन्न सार्वजनिक सम्पत्तिको सुरक्षाका लागि नेपाली सेनाको टोली खटिएको छ । भैंसेपाटीस्थित मन्त्री क्वार्टरभित्र समेत प्रर्दशनकारी छिरेका छन् ।