Friday 24th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को ग्रान्ड पहिलो अडिसन भव्यरूपमा सम्पन्न

Sunday, August 10, 2025 National Power

काठमाडौं — सामरी इन्टरनेशनलको आयोजनामा शनिबार मण्डला ब्याङ्क्वेट, तिनकुनेमा ‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को ग्रान्ड पहिलो अडिसन भव्यरूपमा सम्पन्न भएको छ।

कार्यक्रममा २६ जना साहसी र आत्मविश्वासी महिला प्रतिभागीहरूले आफ्नो लुकेको प्रतिभा, आत्मबल र सपनाको प्रस्तुतिसहित सबैलाई प्रेरित गर्ने मौका पाए। विशेषगरी, रक्षाबन्धनको पावन अवसरमा आफ्ना व्यक्तिगत जिम्मेवारीहरू पूरा गरी यहाँसम्म पुगेका यी महिला हरूले आफ्नो नाम, पहिचान र भविष्य निर्माणको लागि अडिसनमा भाग लिएका थिए।

सामरी इन्टरनेशनलका मुख्य कार्यकारी अधिकृत भरत सामरीले कार्यक्रममा सहभागी सबै महिला प्रतिभाहरूप्रति गहिरो सम्मान व्यक्त गर्दै भन्नुभयो, “घर–परिवार मात्र होइन, समाजका अग्रपंक्तिमा रहेका हरेक महिलालाई हाम्रो मनदेखि सम्मान छ। तपाईंहरूको आत्मबल र साहसले समाजमा नयाँ प्रेरणा दिनेछ।”

अडिसनमा जुरीको रूपमा संलग्न चर्चित व्यक्तित्वहरूमा गायिका सुनिता दुलाल, निर्देशक एवं अभिनेत्री अलिजा गौतम, चर्चित र्‍यापर निर्णय NSK, वरिष्ठ पत्रकार हरी गोपाल प्रधान, मनास्लु वर्ल्ड कलेजका कार्यकारी अध्यक्ष ग्येन्द्र लामा, पूर्व अध्यक्ष तथा NRNA ICC का सदस्य विनोद कुँवर रहेका थिए।

कार्यक्रमको सफल सञ्चालन दिल माया मगरको नेतृत्वमा आयोजक टोलीले गर्‍यो भने मिडिया तथा प्राविधिक सहयोगमा डीजे स्कल सरोज श्रेष्ठ, वम बहादुर पुन लगायतले महत्वपूर्ण भूमिका निर्वाह गरे। मेकअप पार्टनरको रूपमा श्रिष्टि शाही र सैनेश शाही लगायतले कार्यक्रमलाई अझ प्रभावशाली बनाएका थिए।

फाइनल अडिसन आगामी श्रावण ३१ गते बिहान १०:०० बजे मण्डला ब्याङ्क्वेट, तिनकुनेमा हुने तय भएको छ।