Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना

Wednesday, August 6, 2025 National Power

काठमाडौँ – गायक पशुपति शर्मा सवार गाडी स्याङ्जामा दुर्घटना भएको छ । भिरकोट नगरपालिका वडा नम्बर–२ स्थित बयरघारीमा शर्मा सवार गाडी बुधवार दुर्घटना भएको स्याङ्जाका एसपी दधिराम न्यौपानेले रातोपाटीलाई बताए । उनले भने, ‘गाडीको अगाडीको भागमा हल्का क्षति पुगेको छ, यात्रुलाई केही भएको छैन ।’

सडकको कल्भर्टमा ठोक्किएर गाडी दुर्घटना भएको हो । शर्मा सकुशल छन् । उनी वालिङमा आयोजित कार्यक्रममा सहभागी भएको बताइएको छ ।