Thursday 30th April 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

अपरिचित समूहले उम्मेदवारको गाडीमा पेट्रोल बम हाने

Sunday, May 7, 2017 National Power

२४ बैशाख, चितवन – चितवनको खैरहनी नगरपालिकामा नेपाली कांग्रेसका नगरप्रमुखका उम्मेदवार राजेन्द्र चौधरीको गाडीमा दुई जनाको अपरिचित समूहले शनिबार राति पेट्रोल बम हानेको छ। वियरको बोतलमा बनाइएको बम हानिएको भए पनि गाडीको केही सिसा मात्रै फुटेको चितवन प्रहरीले जनाएको छ । उनको पार्किङ गरिराखेको बा ८ च १५६२ नम्बरको गाडीमा राति साढे ११ बजे बम प्रहार भएको प्रहरीले जनाएको छ। बम पड्किन नपाएकाले क्षति कम भएको प्रहरीले बताएको छ। बम हान्न दुईजना आएको र उनीहरु फरार रहेको प्रहरीले जनाएको छ  । यसअघि, शनिबार मात्रै भरतपुरको स्याउली बजारमा माओवादीका उम्मेदवार रेणु दाहालको मामाको घरअगाडि फेला परेको बम प्रहरीले निष्क्रिय पारेको थियो। सोही घरमा दाहाल बसोबास गर्दै आएकी छन् भने सोही क्षेत्रमा एउटा गाडी तोडफोडसमेत भएको थियो।