Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

तान्जानियामा स्कुल बस दुर्घटना हुँदा ३३ बालबालिकाको मृत्यु

Sunday, May 7, 2017 National Power

२४ बैशाख, तान्जानिया – तान्जानियामा स्कुल बस दुर्घटना हुँदा ३६ जनाको मृत्यु भएको छ। मृतकमध्ये ३३ जना बालबालिका रहेका छन्। त्यस्तै दुईजना शिक्षक र एक चालकको पनि मृत्यु भएको छ। दुई विद्यार्थी गम्भीर घाइते भएका सीएनएनले लेखेको छ। दुर्घटना तान्जानियाको उत्तरी क्षेत्रमा रहेको कराटु जिल्लामा भएको थियो । दुर्घटनास्थल भिरालो पहाडी इलाकामा रहेको थियो भने दुर्घटनाका बेला पानी परिरहेको थियो । प्रहरी अधिकृत चार्ल्स मकुम्बोले बताए। उनले भने, हामीलाई थाहा छैन चालक नयाँ थिए वा बसमा प्राविधिक खराबी थियो, यसबारे के भएको थियो भन्नेबारे अनुसन्धान भइरहेको छ। मृतकमा प्राथमिक विद्यालयका १२ देखि १३ वर्षका बालबालिका रहेको अधिकारीहरुले बताएका छन्। उनीहरु परीक्षामा सहभागिताका लागि अर्को विद्यालय लगिँदै थिए। तान्जानियाका राष्ट्रपति जोन मुगुफूलीले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन्। उनले भनेका छन्, दुर्घटना राष्ट्र सेवाका लागि तयार भइरहेका विद्यार्थीहरुको सपना चकनाचुर पारिदिएको छ। तान्जानियामा वार्षिक ३ हजार मान्छेले सडक दुर्घटनामा ज्यान गुमाउने गरेको सरकारी तथ्यांक छ।
– एजेन्सी