Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

तीज म्युजिक अवार्डको १२औँ संस्करण हुँदै

Friday, July 18, 2025 National Power

काठमाडौं- छायाँछवि क्रियशनले विगत १२ वर्षदेखि गर्दै आएको सांस्कृतिक पर्व तीजमा आधारित रहेर आयोजना गरिने छायाँछवि तीज म्युजिक अवार्डको १२औँ संस्करणका लागि तीज गीत दर्ता गर्न सार्वजनिक रुपमा आव्हान गरेको छ । नेपाली खासगरी हिन्दू नारीहरूको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुशी एवं भावनालाई गीतमार्फत प्रस्तुत गर्ने चलन छ ।

पहिले पहिले खासगरी घरबाट पीडित बुहारीहरूको पीडा गीत मार्फत प्रस्तुत गर्ने गरेको भएपनि समयक्रममा त्यसमा आएको परिवर्तन सँगसँगै भएको गीतको शैली परिवर्तन आजका तीजका गीतमा देखिन्छ ।

यही क्रमका गीतहरू गाउँघरका जमघटबाट अझै पर हटेर मूलत गायिका र बदलिँदो परिस्थितिमा गायकले समेत तीज दोहोरी गाउने चलन बनेको छ । तीजका अवसरमा सयौं गीत प्रकाशित हुने गरेका छन् । यही तीजका स्रष्टाहरू पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउन भनेर तीज अवार्ड गर्ने गरेको कार्यक्रमका अभ्यक्ष शान्तिप्रियले बताउनुभएको छ ।

छायाँछविका अध्यक्ष शान्तिप्रियले १२औं तीज म्युजिक अवार्डमा तीजका विभिन्न २५ विधामा स्रष्टालाई पुरस्कृत गरिने बताउनुभयो । कार्यक्रममा बिभिन्न सम्मान एवम् पुरस्कार पनि प्रदान गरिने वताउनुभयो ।

१२औ छायाँछवि तीज म्युजिक अवार्डको लागि साउन महिनाभर छायाँछविको कार्यालय डिल्लीबजार अथवा इमेलमार्फत पनि गीत दर्ता गर्न सकिनेछ ।