Sunday 19th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

शिव श्रेष्ठ फाउण्डेशनद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

Friday, June 13, 2025 National Power

काठमाडौं – नेपालमा मात्र नभएर विदेशी भुमिमा समेत आफ्नो शान, मान र प्रतिष्ठाको उजागर गर्दे नेपाली चलचित्र तथा कलाकारिता क्षेत्रको बृहत्तर हितका लागी अनवरत रुपमा कार्यरत नेपाली चलचित्र क्षेत्रमा दर्शकहरुवाट एक्सन किङ नायकको उपाधि पाएका एवम् पाकिस्तानका दर्शकहरुका प्रिय नायक शिवा अर्थात विशिष्ट कलाकार तथा अभिनेता शिव श्रेष्ठको अध्यक्षतामा “शिव श्रेष्ठ फाउण्डेशन” को आधिकारिक रुपमा स्थापना भएको छ । फाउण्डेशनको शुभारम्भसँगै आफ्नो पहिलो कार्यक्रम स्वरूप जेष्ट ३० गते शुक्रवार ललितपुरको सातदोवाटो स्थित महेन्द्र आदर्श विद्या आश्रममा “फ्री हेल्थ क्याम्प फर स्टुडेन्ट“ आयोजना गरेको छ ।

सिभिल सर्भिस हस्पिटल (सिभिल अस्पताल) को प्राविधिक सहकार्यमा सम्पन्न भएको स्वास्थ्य शिविरमा महेन्द्र आदर्श विद्या आश्रमका विद्यार्थीहरूका लागि नाक, कान, घाँटी, दाँत, स्त्रीरोग सेवा लगायत सम्पूर्ण जनरल हेल्थ एक्जामिनेशन सेवा निःशुल्क प्रदान गरिएको थियो । उक्त स्वास्थ्य शिविर बिहान १०ः३० बजेबाट सुरु भई दिउँसो ३ः०० बजेसम्म सञ्चालन भएको थियो ।

अध्यक्ष शिव श्रेष्ठले नेपाली कला, संस्कृति, चलचित्र, शिक्षा, स्वास्थ्य, कृषि र सामाजिक सेवामा योगदान पु¥याउने उद्देश्यका साथ फाउण्डेशन स्थापना गरिएको जानकारी गराउँदै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने बताउनु भयो ।

कार्यक्रममा महेन्द्र आदर्श विद्या आश्रमका सञ्चालक समितिका तथा व्यवस्थापन समितिका पम्फा भुसाल विशेष अतिथि रूपमा सहभागी हुन भएको थियो । साथै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, कोषाध्यक्ष सुनिल कटुवालसहित नेपाली फिल्म क्षेत्रका अन्य कलाकारहरूको समेत उल्लेखनीय रुपमा उपस्थिति रहेको थियो ।

फाउण्डेशनद्धारा आयोजित उक्त स्वास्थ्य शिविरबाट सयौं विद्यार्थीहरु लाभान्वित भएका छन् । स्वास्थ्य शिविरमा सहभागीहरूले यस्तो सामाजिक कार्यले नेपाली कलाकारहरूको सामाजिक उत्तरदायित्वप्रति सचेतता झल्काएको प्रतिक्रिया दिएका छन् ।