Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

नेपाल चलचित्र कलाकार संघको साधारण सभा र सदस्यता नविकरणको आह्वान

Friday, March 7, 2025 National Power

काठमाण्डौ – नेपाल चलचित्र कलाकार संघको २० औं साधारण सभा मिति २०८१ सालको साधारण सभा आगामी चैत्र ४ गते सम्पन्न काठमाण्डौमा सम्पन्न हुने भएको छ । संघले सबै आफ्ना सदस्यहरुलाई सदस्यता नविकरण गर्न आह्वान गरेको छ । केही सदस्य कलाकारहरूले अझै सदस्यता नविकरण गर्न बाँकी राखेका छन् ।

चैत्र ४ गते दिनको ११ बजेबाट लिसारा रिसेप्सन (Lisara Receptions),भगवती बाहल, नक्सालमा आयोजना हुने उक्त साधारण सभालाई संघका महासचिव सबिन श्रेष्ठको संयोजकत्वमा तयारी व्यवस्थापन समिति गठन गरिसकिएको छ, जसले सभा सफलतापूर्वक सम्पन्न गर्ने तयारी गरिरहेको छ ।

संघका अध्यक्ष मोहन निरौलाले सदस्यता नविकरण नगरेका सदस्यहरुलाई संघको विधानको परिच्छेद ३, दफा ८ ९घ० अनुसार ७ वर्षसम्म सदस्यता नविकरण नगरेमा सदस्यता खारेज हुने बारे जानकारी दिए। अध्यक्ष निरौलाद्धार हस्ताक्षरित विज्ञप्तीका अनुसार नविकरण नगरेका सदस्यहरूलाई यथाशीघ्र प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ । त्यसैगरी, चलचित्र विकास बोर्डले चलचित्रकर्मी परिचय पत्र वितरणको सम्बन्धमा सूचना प्रकाशित गर्दै संघलाई जानकारी गराएको छ ।

सोही आधारमा, मापदण्ड पूरा गरेका कलाकारहरूलाई परिचय पत्रका लागि निर्धारित मितिभित्र आवेदन दिन पनि संघले आग्रह गरेको छ ।साधारण सभा र सदस्यता नविकरणका सबै प्रक्रिया समयमै पूरा गर्न अपिल गरिएको छ ।