Friday 19th December 2025

    अमेरिकाबाट एकै पटक ७५ जना नेपाली नागरिक डिपोर्ट    डिभी लटरी कार्यक्रम स्थगित गर्ने अमेरिकाको निर्णय    बक्स अफिस रिपोर्ट : ‘परान’ को कमाई १७ करोड, ‘हर्ष’ को २८ लाख    अभिनेता प्रदीप खड्काले जेलमै पुगेर भेटे रवि लामिछानेलाई    एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव

नेपाल चलचित्र कलाकार संघको साधारण सभा र सदस्यता नविकरणको आह्वान

Friday, March 7, 2025 National Power

काठमाण्डौ – नेपाल चलचित्र कलाकार संघको २० औं साधारण सभा मिति २०८१ सालको साधारण सभा आगामी चैत्र ४ गते सम्पन्न काठमाण्डौमा सम्पन्न हुने भएको छ । संघले सबै आफ्ना सदस्यहरुलाई सदस्यता नविकरण गर्न आह्वान गरेको छ । केही सदस्य कलाकारहरूले अझै सदस्यता नविकरण गर्न बाँकी राखेका छन् ।

चैत्र ४ गते दिनको ११ बजेबाट लिसारा रिसेप्सन (Lisara Receptions),भगवती बाहल, नक्सालमा आयोजना हुने उक्त साधारण सभालाई संघका महासचिव सबिन श्रेष्ठको संयोजकत्वमा तयारी व्यवस्थापन समिति गठन गरिसकिएको छ, जसले सभा सफलतापूर्वक सम्पन्न गर्ने तयारी गरिरहेको छ ।

संघका अध्यक्ष मोहन निरौलाले सदस्यता नविकरण नगरेका सदस्यहरुलाई संघको विधानको परिच्छेद ३, दफा ८ ९घ० अनुसार ७ वर्षसम्म सदस्यता नविकरण नगरेमा सदस्यता खारेज हुने बारे जानकारी दिए। अध्यक्ष निरौलाद्धार हस्ताक्षरित विज्ञप्तीका अनुसार नविकरण नगरेका सदस्यहरूलाई यथाशीघ्र प्रक्रिया पूरा गर्न अनुरोध गरिएको छ । त्यसैगरी, चलचित्र विकास बोर्डले चलचित्रकर्मी परिचय पत्र वितरणको सम्बन्धमा सूचना प्रकाशित गर्दै संघलाई जानकारी गराएको छ ।

सोही आधारमा, मापदण्ड पूरा गरेका कलाकारहरूलाई परिचय पत्रका लागि निर्धारित मितिभित्र आवेदन दिन पनि संघले आग्रह गरेको छ ।साधारण सभा र सदस्यता नविकरणका सबै प्रक्रिया समयमै पूरा गर्न अपिल गरिएको छ ।