Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

संगीत उद्योग संघको चौथो अवार्ड कार्यक्रमको घोषणा

Friday, January 24, 2025 National Power

काठमाडौं –  नेपाल संगीत उद्योग संघले चौथो संस्करणको अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ । बिहीबार संघले पत्रकार सम्मेलनको आयोजना गरी ‘अथक शान्त साधक विश्वनाथ केडिया अमिन नेशनल म्युजिक अवार्ड–२०२५’ को आयोजना गर्न लागिएको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष सुर्यबहादुर मगरले कैयौं चुनौतीका बावजुद पनि चौथो संस्करणको अवार्ड कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिए । अध्यक्ष मगरले अवार्ड कार्यक्रमको गरिमालाई घटाउने गरी हाल साप्ताहिक रुपमै तीन–चारवटा यस्ता कार्यक्रम आयोजना भइरहेको गुनासो गरे । यद्यपी, यस्तो अवस्थामा पनि संघले यसअघिका तीनवटा संस्करण भव्य, सभ्य र सर्वोत्कृष्ट अवार्डका रुपमा सम्पन्न गरेकोले चौथो संस्करण पनि अझ भव्य रुपमा सम्पन्न गर्ने प्रतिवद्धता जाहेर गरे ।

संघ आफैंमा नेपाल उद्योग वाणिज्य महासंघमा आवद्ध संस्था भएकोले गर्दा पनि त्यसको ओज घट्न नदिने भनाइ अध्यक्ष मगरको रहेको थियो । अध्यक्ष मगरले २० विधामा ३० श्रेणीका अवार्ड वितरण गरिने जानकारी दिए । अध्यक्ष मगरका अनुसार उक्त अवार्डका लागि बिहीबारबाटै फारम खुला गरिएको छ । अवार्डमा भाग लिनका लागि डिजिटल प्रविधिको विकास गरिएकोले क्यूआर स्क्यान गरेर फारम भर्न सकिने उनले बताए ।

संघले अवार्ड कार्यक्रम आयोजना गर्दा सल्लाहकारहरुको समूह बनाइएको र त्यस समूहको छनोट र सिफारिसमा विभिन्न वरिष्ठ गायक गायिका तथा बरिष्ठ पत्रकारहरुलाई सम्मानित गर्ने गरिएको जानकारी पनि अध्यक्ष मगरले दिए । त्यस्तो सम्मान पाउनेहरुले भने फारम भर्न नपर्ने उनले बताए ।

उनका अनुसार केही समय भित्रै उत्कृष्ट पाँच मनोनयनको सूची सार्वजनिक गरी प्रमाणपत्र वितरण गर्ने र बैशाखको पहिलो हप्ता अवार्ड कार्यक्रम आयोजना गर्ने तयारीमा संघ रहेको छ । कार्यक्रममा संगीत तथा सञ्चार क्षेत्रका संघ संस्थाका नेतृत्वकर्ताहरुले अवार्ड सफलताको शुभकामना दिएका थिए ।