Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक

Thursday, January 9, 2025 National Power

काठमाडौं- चलचित्र ‘होस्टेल ३’ को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । आगामी फागुन २३ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्रको पोस्टरमा सबै प्रमुख कलाकारहरूलाई स्थान दिइएको छ । यसअघि चलचित्र पहिलो झलक देखिने गरी चार मुख्य अभिनेताहरू आशिष घिमिरे, पारस बम (कुलब्वाई), रिहान गिरि, र पदम तामाङलाई रमाइलो मुद्रामा राखी पोस्टर सार्वजनिक गरिएको थियो । नयाँ पोस्टरमा भने यी कलाकारहरूसहित अभिनेत्रीहरू सिम्रन पन्त, हेना नगरकोटी, र समा पराजुलीलाई राखिएको छ । राकेश दाहालले पोस्टर डिजाइन गर्नुभएको हो ।

‘होस्टेल ३’ ले क्याम्पस जीवनका सङ्घर्ष, मित्रता, र रमाइलो क्षणहरूको कथा समेट्ने अपेक्षा गरिएको छ । यो चलचित्र नेपाल रिलिज मितिमा नै अन्य विभिन्न देशहरूमा पनि प्रदर्शनमा आउने तयारी छ ।

चलचित्रको निर्देशन सशान कँडेलले गर्नुभएको हो भने स्क्रिप्ट माधव शर्माले लेख्नुभएको हो । कथा निर्देशक कँडेलकै हो । चलचित्र सम्मान इन्टरटेनमेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गरेको हो । निर्माताहरू सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी तथा कार्यकारी निर्माता शङ्कर कोइराला हुनुहुन्छ । सहनिर्माताहरूमा शिशिर ज्ञवाली, कुन्दन गुप्ता र अनिस सिग्देल तथा लाइन प्रोड्युसर कोसिसराज क्षेत्री रहनुभएको छ । यसमा उमर खान, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष् पुरुषलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

अर्जुन तिवारीको डिओपी, बुद्ध थापा र मनोज खत्री सिनेमाटोग्राफर, सुदीप कुँवर मुख्य सहायक निर्देशक रहेको चलचित्रमा यमप्रसाद ओली प्रोडक्सन डिजाइनर हुनुहुन्छ । चलचित्रमा सङ्गीत अर्जुन पोखरेल, अलमोडा राणा उप्रेती, महेश ज्ञवाली र किरण माइकलको रहेको छ । विकास दाहालको सम्पादन, प्रवीण सिंह र रोशन विश्वकर्माको कोरियोग्राफी, हिमाल केसीको द्वन्द्व निर्देशन छ । नेपाल वितरक आरआर फिल्म्स र काफिया फिल्म्स हुन् ।
‘होस्टेल ३’ यसअघि प्रदर्शन गरिएका ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’ को सफलतापछि निर्माण गरिएको हो । यसले युवा पुस्तामाझ राम्रो चर्चा पाउने अपेक्षा गरिएको छ । यो शृङ्खलालाई नयाँ प्रतिभाको उद्गमस्थलको रूपमा लिइन्छ ।