Tuesday 28th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै

Monday, December 2, 2024 National Power

काठमाडौँ- १२औँ ‘नेपाल मानव–अधिकार अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२४’को ‘लाइनअप’ सार्वजनिक गरिएको छ । आयोजकले डकुमेन्ट्री, शर्ट, एनिमेशन, फिक्सन सबै विधाका चलचित्रको सूचि सार्वजनिक गरेको हो । महोत्सव अगामी ९ देखि १२ डिसेम्बरमा काठमाडौँमा आयोजना हुँदै छ ।

महोत्सवमा नेपालसहित २३ देशका ४७ चलचित्र छनोटमा भएका हुन् । महोत्सवमा विश्वप्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा ग्राण्ड जुरी पिक्सन विजेता पायल कपडियाको ‘अल वी इमाजिन एज लाईट’, सर्ट सेक्सनमा अर्वाड प्राप्त ‘द म्यान हु कुडनट रिमेन्न साईलेन्स’, ७४ औँ बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सर्ट सेक्सनमा अवार्ड प्राप्त ‘एन आउटरन’, ७४ औँ बर्लिन अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा जेनेरेशन के प्लसमा अवार्ड प्राप्त ‘अनार दाना’, बर्लिनमै छनोट भएको ‘ओटिट’ लगायत चलचित्रहरु समेत प्रतिस्पर्धामा छन् ।
त्यस्तै, अन्तर्राष्ट्रिय सर्ट वृत्तचित्र प्रतिस्पर्धामा ‘हाऊ टु प्लिज’ सहित ९ वटा वृत्तचित्र छनोट भएको छ । सन् २००९ मा स्थापना भएको मानव अधिकार चलचित्र केन्द्रले मानव अधिकारसँग सम्बन्धित चलचित्रहरूको प्रवर्द्धन र प्रदर्शनका लागि नियमित रूपमा महोत्सव गर्दै आएको छ । केन्द्रले मानवअधिकारको पैरवीका लागि विभिन्न अन्तरक्रिया तथा गोष्ठीहरू समेत महोत्सवमा आयोजना गर्नेछ ।