Friday 1st May 2026

    नेपाल चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझाव: एमआरपी कार्यान्वयनमा व्यावहारिकता अपनाउन जोड    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला

गृहमन्त्री निधिद्वारा राजीनामा फिर्ता

Thursday, May 4, 2017 National Power

२१ बैशाख, काठमाडौं – उपप्रधान एवं गृहमन्त्री बिमलेन्द्र निधिले पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बिहीवार विहान भएको छलफलपछि उनले राजीनामा फिर्ता लिएका हुन ।

उपप्रधानमन्त्रीको बरियता बिवादका कारण असन्तुष्ट निधिले प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्ध महाअभियोग लगाएपछि बैशाख १७ गते राजीनामा दिएका थिए । प्रधानमन्त्री निवास बालुवाटारमा प्रचण्ड र देउवासंग बिहान भएको छलफल पछि निधिले राजीनामा फिर्ता लिने निर्णय भएको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए । निधिको राजीनामा स्वीकृत भइनसकेका कारण उनले पुनः शपथ लिनु नपर्ने बताइएको छ ।

बिहीवार जनकपुर जाने पूर्वनिर्धारित कार्यक्रम रहेकोले गृहमन्त्री निधि शुक्रबारदेखि नियमित रुपमा मन्त्रालय जाने भएका छन् । गृहमन्त्रीबाट राजीनामा दिएपछि उनले पुल्चोकस्थित सरकारी निवास छाड्ने तयारी गरेका थिए । स्थानीय तहको निर्वाचन गर्ने जिम्मेवारी पूरा गर्न प्रधानमन्त्री प्रचण्ड र पार्टी सभापति देउवाको आग्रहपछि निधि राजीनामा फिर्ता लिन सहमत भएका हुन् । निधि प्रधानमन्त्री प्रचण्ड पछि दोस्रो बरियतामा रहने भएका छन् ।