Tuesday 28th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

विनयराज पौडेलद्वारा निर्देशित नेपाली गीत ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक

Monday, November 18, 2024 National Power

 काठमाडौँ- साजिद खान अभिनीत नेपाली गीत ‘हेर्दा हेर्दै’  को म्युजिक भिडियो सार्वजनिक भएको छ । मायामा धोखा पाई पिडामा रहेको युवकको पिडालाई ‘हेर्दा हेर्दै’को भिडियोमा देखाइएको छ ।  विनयराज पौडेलद्वारा निर्देशित ‘हेर्दा हेर्दै’ मा साजिद खान, श्याम मगर, मिना परियार लगायतको अभिनय रहेको छ ।

नुनको भारी, मनको बाघले खाला जिन्दगी लगायत दजनौँ चर्चित म्युजिक भिडियो गरेका पौड्यलले नेपाली कथानक चलचित्र बुलाकी, ऐंचो पैंचो, कृष्ण लिला, रङेली, बिहे पास, मेला, ज्ञान शाश्त्र लगायत फिल्ममा प्रमुख सहायक निर्देशकका रुपमा काम गरिसकेका छन् । नवराज थापाको स्वर राजकुमार बगरको सङ्गीत रहेको गीतलाई टेकेन्द्र शाहले सम्पादन गरेका हुन् ।

डम्बर राईको छायाङ्कन रहेको भिडियो  सत्यागरह युट्व च्यानल मार्फत सार्वजनिक भएको छ ।  साजिद खान एक उदाउँदा कलाकार हुन् । उनले आफ्नो अभिनयलाई हाल विभिन्न म्युजिक भिडियोहरू मार्फत आफ्नो अभिनय कला देखाइसकेका छन् ।