Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

“सुँगुरको मासुमा पल्केर दुई” बोलको गीत/ भिडियो सार्वजनिक

Friday, November 15, 2024 National Power


काठमाडौं – लिम्बु जातीको संस्कार, संस्कृति झल्काउने बृत्तचित्र, चलचित्र निर्माण र प्रदर्शन गर्ने गतिबिधी पछिल्लो समयमा बढीरहेको देखिन्छ । यतिबेला लिम्बु जातीकै परम्परा, कलासंस्कृतिमा आधारित रहेर निर्माण भएको ‘सुँगुरको मासुमा पल्केर दुई’ बोलको गीत तथा म्युजिक भिडियो सार्वजनिक भएको छ ।

सार्वजनिक भएको ‘सुँगुरको मासुमा पल्केर दुई’ मा शब्द, संगीत र स्वर शाइल लिम्बु, सम्झना योङहाङको रहेको छ । यसै हप्ता छायाङ्कन गरिएको भिडियोलाई जि. मिडिया युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

यसमा कलाकार यासेली योङहाङ, चर्चित मोडल डोना थापा, विपना आङ्बुहाङ, आशिष लिम्बु, मिस मंगोल एन्जल राई, उम्दा कलाकार उदय बेघा प्रकाश आङ्बुहाङ, ‘हाङ बारे’ बिमला इवाराम, मिना महरेसाङ, हर्कराज घिसिङ, ज्योति आङ्बुहाङ, बिवास राई, बिशाल लिम्बु, आदि कलाकारहरुको अभिनय रहेको छ ।

निर्माता प्रकाश आङ्बुहाङ ‘हाङ्बारे’ को निर्माण  रहेको उक्त भिडियोमा सनम तामाङको छायाङ्कन, दिनेश शाहको सम्पादन रहेको छ भने दिनेश माङ्गमुको कोरियोग्राफी र बिजय मगरले भिडियोको निर्देशन गरेका छन् ।