Tuesday 28th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

गायिका अञ्जना गुरुङको ‘यस्तै हो मायामा’को भिडियो सार्वजनिक

Saturday, November 9, 2024 National Power

काठमाडौं– गायिका अञ्जना गुरुङ आफ्ना नयाँ गीत ‘यस्तै हो मायामा…’ मार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । आधुनिक शैलीको यो गीतमा शब्द तथा संगीत पनि गायिका अञ्जना गुरुङले नै तयार पारेकी हुन् ।

राकेश सोनीद्वारा संगीत संयोजन गरिएको यो गीतलाई श्यामश्वेत रसाइलीले मिक्सिङ गरेका हुन् । गीतको म्युजिक भिडियो पनि गायिका गुरुङ अफिसियल यूट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतको म्युजिक भिडियो आकर्षक बनेको छ । पवन सुस्लिङद्वारा छायांकन गरिएको भिडियोमा मोडल अपेक्षा सिंहलाई फिचर गरिएको छ । नृत्यपरक यो गीतमा अपेक्षाले निकै सुन्दर नृत्य प्रस्तुत गरेकी छिन् । गम्भिर विष्ट यो भिडियोका कोरियोग्राफर तथा निर्देशक हुन् । पवन सुस्लिङ यो भिडियो सम्पादन गरेका हुन् ।