Tuesday 28th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

फेसन डिजाइनसँगसँगै रञ्जिता फाउण्डेसन मार्फत् सामाजिक कार्यमा रञ्जिता

Thursday, November 7, 2024 National Power

काठमाडौं – फेसन डिजाइनरका रूपमा आफूलाई अग्रपंक्तिमा राख्दै अघि बढिरहेको नाम हो रञ्जिता गुरुङ । चितवनकी रञ्जिता यतिबेला ललितपुरमा रहेर आफ्ना क्रियशन पस्किरहनुभएको छ । फेसन डिजाइनसँगसँगै रञ्जिता फाउण्डेसनमार्फत् उहाँले सामाजिक कार्य पनि गर्दै आउनुभएको छ ।

विगत ६ वर्षदेखि निरन्तर फेसन डिजाइनरका रूपमा आफूलाई अग्रपंक्तिमा उभ्याउँदै आउनुभएकी उहाँ आकर्षक फेसन डिजाइन सिकेर अघि बढेको बताउनुहुन्छ । जुनसुकै क्षेत्रमा आफू सेल्फ डिपेन्ड भएको राम्रो बताउनुहुने उहाँ घुमघाम र चलचित्र हेर्न मन पराउने बताउनुहुन्छ । ‘फेसन भनेको आफूलाई अरूभन्दा राम्रो र फरक देखाउने तरिका हो ।

मानिसहरूको फेसनले उनीहरूको व्यक्तित्व झल्काउँछ, आफूलाई कस्तो सुहाउँछ, कसरी राम्रो लुक्स आउँछ भन्ने कुरामा ध्यान दिनुपर्छ,’ उहाँ भन्नुहुन्छ । देश विदेशमा विभिन्न कार्यक्रममा सहभागी हुनुभएकी उहाँ पछिल्लो समयमा आममानिसमा फेसन र सौन्दर्यचेत बढ्दै गएको बताउनुहुन्छ । रञ्जिताका कार्यले तारिफ बटुलिरहँदा उहाँलाई विभिन्न मान(सम्मानहरू पनि प्राप्त भएका छन् ।