Thursday 16th April 2026

    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता    कन्हैया सिंह परियार र अन्जना गुरुङको ‘मुखिया राजा’ सार्वजनिक 

सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शान्ति सुरक्षा सम्बन्धि छलफल तथा चियापान कार्यक्रम सम्पन्न

Tuesday, October 8, 2024 Devil Singh Rajput

काठमाण्डौं । बडा दशै, शुभदीपावली, नेपाल सम्वत, छठ लगायतका पर्वको अवसरमा विगत बर्षझै सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । केन्द्रका अध्यक्ष राम प्रसाद न्यौपानेको अध्यक्षतामा मंगलबार आयोजित उक्त कार्यक्रम महानगरीय प्रहरी वृत्त मालीगाउँ प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल जङ शाहको प्रमुख आतिथ्यता तथा काठमाडौ महानगरपालिका ०४ नं वडाका अध्यक्ष दिनेश महर्जनको बिशेष आतिथ्यता माझ सम्पन्न भएको हो ।

सो अवसरमा शान्ति सुरक्षा सम्बन्धि छलफल गरिनुका साथै महानगरीय प्रहरी वृत्त मालीगाउँ प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल जङ शाहको स्वागत सम्मान एवं उहाँसँगको परिचयात्मक कार्यक्रम समेत राखिएको थियो ।

सो अवसरमा महानगरीय प्रहरी वृत्त मालीगाउँ प्रमुख प्रहरी नायव उपरिक्षक सुनिल जङ शाहले विजया दशमीको शुभकामना व्यक्त गर्नुहुँदै चाडबाडको बेलामा हुन सक्ने चोरी डकैतीलाई रोक्दै शान्ति सुव्यवस्था कायम राख्न उच्च सुरक्षा सतर्कता अपनाईने जानकारी गराउनुभयो ।

त्यसैगरि काठमाडौ महानगरपालिका ०४ नं वडाका अध्यक्ष दिनेश महर्जनले वडाबासीलाई शान्ति सुरक्षाको प्रत्याभूती दिलाउन स्थानीय सरकारबाट पनि सक्दो प्रयास जारी राखिने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहुँदै सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेले सामुदायिक सेवा केन्द्र टुँडालदेवी तथा सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त पहलमा यस क्षेत्रमा शान्ति प्रबद्र्धनका कार्यक्रमहरु नियमित संचालनमा रहेको जनाउनुभयो ।

कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव, (अ.प्रा.) प्र.अ.म.नि. अमर सिह शाह, पूर्वप्रहरी कर्मचारीहरु स्थानिय युवा क्लव, संघ सस्था टोलसुधार महिला समुह, विद्यालयका प्रतिनिधी सहित विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेपाली सेनाका पूर्वअधिकृत, नेपाल प्रहरीका पूर्व अधिकृत, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरू, बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू तथा समाजसेवी,स्थानिय बासिन्दा आदीको उपस्थिति रहेको थियो ।