Wednesday 22nd April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

गायिका अन्जु श्रेष्ठको तिमीसंगै बोलको गीतको भिडियो सहित सार्वजनिक

Wednesday, September 25, 2024 National Power

काठमाण्डौ  – गायिका अन्जु श्रेष्ठको नयाँ गीत बजारमा आएको छ । मिन गुरुङको शब्द तथा संगीत रहेको तिमीसंगै… बोलको गीत गायिका श्रेष्ठ र पदम लुहारको युगल आवाजमा भिडियो सहित सार्वजनिक भएको हो । चर्चित मोडल कलाकार स्मारिका ढकाल र सुरेश कोहिलको मुख्य अभिनय रहेको तिमीसंगैको भिडियोलाई निर्देशक रहेश पुमा राईले निर्देशन गरेका हुन् ।शैको संघार पारेर बजारमा ल्याईएको यस गीतमा मुग्लानी युवक र उनकी प्रेमिका विचको गहिरो प्रेम र वियोगलाई भावुक शैलीमा चित्रण गरिएको छ । ग्रामिण परिबेसको सजिव कथा बोकेको यस गीतको छायाँकन उत्सव दाहालले गरेका हुन् भने सम्पादन विकाश दाहालको रहेको छ ।

सार्वजनिक भएपछि सकारात्मक प्रतिकृया सहित अगाडी बढिरहेको यस गीतकी गायिका अन्जु श्रेष्ठ नेपाली साँगीतिक क्षेत्रमा एक दशक लामो समय देखि सक्रिय गायिका हुन् । कलानिधि संगीत महाविद्यालयबाट शास्त्रिय संगीतको अध्ययन गरेर नेपाली साँगीतिक क्षेत्रमा प्रवेश गरेकी श्रेष्ठको पहिलो गीत तिज गीत ’रातो साडी’ हो  हरेक बर्ष तिज गीत सार्वजनिक गर्दै आएकी उनले एक दशक लामो औपचारिक संगीत यात्रामा विभिन्न चर्चित कलाकारहरुसंग सहकार्य गरेकी छन् । आधुनिक, पप, देशभक्ती, गजल, लोक आधुनिक लगायतका विभिन्न विधाका गीतहरुमा आवाज भरेकी श्रेष्ठका केही गीतहरुमा आफ्नै शब्द तथा अभिनय समेत रहेका छन् । विभिन्न अवार्ड प्राप्त गायिका श्रेष्ठका नयाँ गीतहरु पनि बजारमा आउने तयारीमा रहेका छन् ।