Monday 27th April 2026

    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै

हरिओम मङ्गोलको “मायाँ लाउनै हतार भो” सार्वजनिक

Monday, September 23, 2024 National Power

काठमाण्डौ  – “मायाँ लाउनै हतार भो”… आफ्नै शब्द,सङ्गीत र स्वरमा तयार गरिएको गायक एवम् मोडल हरिओम मङ्गोलले रोमान्टिक शैलीको डान्सिङ गीतको भर्खरै अडियो भिडियो सार्वजनिक गरेका छन् । केही समय अगाडि सन्तोष श्रेष्ठद्वारा सङ्गीतबद्ध ” हेर्न मन भेट्न मन ” गीतमा सुन्दर अभिनय गरेका हरिओम मङ्गोलले यसपटक आफ्नै गायन र अभिनय “मायाँ लाउनै हतार भो”… बोलको गीत भर्खरै सार्वजनिक गरेका छन् । युगल गायनमा रचना रिमालले साथ दिएकी छिन् ।

संयोगान्त भावमा लेखिएको गीतमा हेमन्त शिशिरको एरेन्ज, रेकर्डिङ र मिक्सिङ रहेको छ । प्राकृतिक रूपमा सुन्दर ठाउँहरूमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा हरिओम मङ्गोल र रश्मिला तामाङको नृत्यसहितको अभिनय रहेकोे छ । म्युजिक भिडियोमा प्रकाश खड्काको छायाङ्कन, मिलन विश्वकर्माको कलरिङ्ग, लक्ष्मण चौहानको सम्पादन रहेको भिडियोलाई विक्रम चौहानले निर्देशन तथा नृत्य निर्देशन गरेका छन् । गीतको भिडियो हरिओम मङ्गोल युटुब च्यानलबाट सार्वजनिक गरेका छन् ।