Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

शुक्रवारदेखि तीन दिन सम्म काठमाडौंमा ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ हुने,

Wednesday, August 28, 2024 National Power

काठमाडौं – काठमाडौंस्थित रोयल थाई दूतावासले ‘थाई फिल्म फेस्टिभल नेपाल २०२४’ आयोजना गर्ने भएको छ। सोमवार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदूत सुपापोङ सिरिसोर्नले नेपाल र थाइल्याण्डबिचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पूरा भएको अवसरमा दशकअघिदेखि रोकिएको फेस्टिभल पुनः सुरु गर्न लागेको जानकारी दिए।

फेस्टिभल यही भदौ १४ गते शुक्रबारदेखि ठमेलस्थित छाया सेन्टरको क्यूएफएक्स सिनेमा हलमा सुरु भई भदौ १६ गते आइतबार समापन हुनेछ। यो नेपालमा आयोजना हुन लागेको चौथो थाई फिल्म फेस्टिभल हो, जसको अघिल्लो संस्करण सन् २०१३ मा भएको थियो।

राजदूत सिरिसोर्नले नेपाल र थाइल्याण्डबीचको लामो सम्बन्धलाई सम्मान गर्न र चलचित्रको विश्वव्यापी भाषामार्फत थाई र नेपाली जनतालाई नजिक ल्याउन फेस्टिभलको आयोजना गरिएको बताए। साथै, उनले भविष्यमा पनि यो फेस्टिभल निरन्तर आयोजना गरिने जनाए।

यस फेस्टिभलमा थाई चलचित्र बजारमा प्रशंसित र पुरस्कार विजेता ६ वटा चलचित्रहरू प्रदर्शन गरिनेछन्। दर्शकहरूले कमेडी, रोमान्स, र हरर श्रेणीका चलचित्रहरूको आनन्द लिनुका साथै निःशुल्क थाई खानाको स्वाद समेत चाख्न पाउनेछन्।

फेस्टिभलको उद्घाटन भदौ १४ गते साँझ ५स्३० बजे ‘हाउ टु मेक मिलियन्स बिफोर ग्रान्डमा डाइज’ चलचित्रको प्रदर्शनसँगै हुनेछ। त्यसपछि सोही साँझ ‘प्याड थाई द मुभी’ देखाइनेछ। भदौ १५ गते मध्यान्ह १२स्१५ बजे ‘टुगेदर द मुभी’ र दिउँसो ३ बजे ‘अन्डरटेकर’ प्रदर्शन हुनेछ। अन्तिम दिन भदौ १६ गते साँझ ५स्३० बजे ‘ड्रिम अ लिटिल ड्रिम’ र त्यसपछि साँझ ७ बजे ‘ब्रोकन सोर्ड हिरो’ चलचित्र प्रदर्शन हुनेछ। फेस्टिभलमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।