Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

गीतकार मजगैयाँ अमेरिकामा सम्मानित

Sunday, August 18, 2024 National Power

काठमाण्डौ- गीतकार तथा रापती समाज काठमाडौँका पूर्व अध्यक्ष शशि शर्मा मजगैयाँलाई अमेरिकामा सम्मान गरिएको छ । रापती सेवा समाज अमेरिका न्युयोर्कको दोश्रो साधारण सभा तथा पहिलो अधिवेशनमा मजगैयाँलाई सम्मान गरिएको हो । समाजमा विगत लामो समयदेखि नैतिक,भौतिक ,सामाजिक तथा सांस्कृतिक हिसाबले पुराएको योगदानको कदर गर्दै रापती समाज अमेरिकाले मजगैयाँलाई सम्मान गरेको आयोजकले जनाएको छ । यसैबिच समाजले सम्पन्न गरेको दोश्रो साधारण सभा तथा अधिवेशनबाट नयाँ नेतृत्व सहितको कार्यसमितिको चयन भएको छ ।

जसको अध्यक्षमा दाङका दीपक भट्टराई सर्बसहमतिबाट चयन भएका छन् । अगस्ट १३ मा संस्थाको पहिलो अधिवेशनबाट अध्यक्ष सहित सबै पदाधिकारी एव कार्यसमिति सर्व सहमतिबाटै चयन गरिएको हो। जसको वरिष्ठ उपाध्यक्षमा कृष्ण खड्का  र अन्य उपाध्यक्षहरूमा लोकमणि न्यौपाने,भावना ओली, विनोद केसी, विनय धिताल र जुद्ध ओली चयन भएका छन् । त्यसै गरी  महा-सचिवमा वसन्त अधिकारी, सचिवमा तुल्सिराम ओली, सह -सचिवमा उमेश बस्नेत, कोषाध्यक्ष खेमराज ओली, सह -कोषाध्यक्षमा शिशिर रावत र सदस्यहरूमा ताराप्रसाद ओली ,विमला ओली ,टेकबहादुर ओली, सृजा थापा हेमराज केसी,रञ्जना बस्नेत, महेन्द्र खडका ,भरत भट्टराई ,टिकाराम भण्डारी बाबु राजा सिंह ,युवराज देवकोटा रहेका छन् भने संस्थाको संरक्षकमा शम्भु विष्ट, सञ्चार विभाग प्रमुखमा सन्तोष शर्मा र सांस्कृतिक विभाग प्रमुखमा चन्द्र ओलीलाई चयन गरिएको छ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाकी उपप्रमुख स्यानी चौधरी, कलाकार अरुण शाह,समाजका परिकल्पनाकार तथा सल्लाहकार यम अधिकारी ,विकास विष्ट तथा विभिन्न  क्षेत्रका सयौँ रापती वासीहरूको उपस्थिति रहेको थियो ।