Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

छायाँछवि तीज म्यूजिक अवार्डको एघारौैं संस्करणका लागि तीज गीत दर्ता आव्हान

Thursday, August 8, 2024 National Power

​​​​​​​काठमाडौं – छायाँछवि क्रियशनले विगत ६ वर्षदेखि गर्दै आएको  छायाँछवि तीज म्यूजिक अवार्डको एघारौैं संस्करणका लागि तीज गीत दर्ता गर्न सार्बजनिक रुपमा आब्हान गरेको छ । नेपाली खासगरी हिन्दु नारीहरुको महान् चाड तीजका अवसरमा आफ्नो सांस्कृतिक पक्षलाई उजागर गर्दै मनका वेदना, पीडा, उमङ्ग, खुशी एवं भावनालाई गीतका मार्फत प्रस्तुत गर्ने चलन छ ।

पहिले पहिले खासगरी घरबाट पीडित बुहारीहरुको पीडा गीत मार्फत प्रस्तुत गर्ने गरेको भएपनि समयक्रममा त्यसमा आएको परिवर्तनमा सँगसँगै भएको गीतको शैली परिवर्तन आजका तीजका गीतमा देखिन्छ । यहि क्रमका गीतहरु गाउँघरका जमघटबाट अझै पर हटेर मुलत गायिका र बदलिँदो परिस्थितिमा गायकले समेत तीज दोहोरी गाउने चलन बनेको छ । तीजका अवसरमा ८०० देखी १००० गीत प्रकाशित हुने गरेका छन् । यी नै तीजका श्रष्टाहरु पुरस्कृत होउन् र स्रष्टाले सम्मान तथा प्रोत्साहन पाउन भनेर तीज अवार्ड गर्ने गरेको छायाँछविले बताएको छ ।

छायाँछवि क्रियशनका अध्यक्ष शान्तिप्रियले एघारौं तीज म्यूजिक अवार्डमा तीजका विभिन्न गरी करिब २५ विधामा स्रष्टालाई पुरस्कृत गरिने बताए । साथै प्रियले तीज अवार्ड आगामी भाद्र १८ गते एक भव्य कार्यक्रमको आयोजना गरी काठमाडौंमा सम्पन्न गरिने जानकारी गराए ।

कार्यक्रममा बिभिन्न पुरस्कार तथा सम्मानहरु पनि रहने छन् । साथै एघारौं छायाँछवि तीज म्यूजिक अवार्ड २०८१ मा खासगरी मौलिक तीज गीतलाई छायाँघविले प्रात्साहित एवं पुरस्कृत/सम्मानित गरीने अवार्ड अध्यक्ष शान्तिप्रियले बताए । साथै उनका अनुसार राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल सँग एकबद्धता जनाउदै सो संस्थाले प्रतिबन्ध लगाएका गीतहरु क्रमशः दिउँला बरीलै, मादलु घन्काउदै, टिकटकमा भाइरल हल्लाएरै हो, बिस्ताराले पोल्यो, चियर्स बियर सहित बिकृत जन्य तीज गीतहरुलाई अवार्ड प्रक्रियामा सहभागी समेत नगराईने बताए ।