Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

नालापानीको नयाँ ट्रेलर साउन २५ देखि प्रदर्शनमा सार्वजनिक

Wednesday, July 24, 2024 National Power

काठमाडौं – ऐतिहासिक चलचित्र ‘नालापानी’ साउन २५ गतेदेखि देशभर एकै साथ प्रदर्शन हुने भएको छ। रिमेश अधिकारी फिल्म प्रोडक्सन, वीर गोरखाली फिल्म, गङ्गा नारायण फिल्म र बिजीबी इन्टरटेन्टमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्र सोमबार बुढासुब्ब डिजिटलमार्फत ट्रेलर सार्बजनिक गरिएको हो ।

यस अघि साउन १८देखि देशभर यो चलचित्र प्रदर्शन गर्ने तय भएपनि एक साता पर सारेर अब साउन २५ गतेदेखि सिनेमाघरमा आउने भएको हो लेखक, निर्माता तथा निर्देशक रिमेश अधिकारीले जानकारी गराउनुभयो ।

चलचित्रको सह निर्माताान गणेश कार्की, कार्यकारी निर्मातामा घनेन्द्र थपलिया, एसोसिएट निर्मातामा सपन थापा र निर्माता मनोज शाक्य हुनुहुन्छ । चलचित्रमा अर्जुन जङ्ग शाही, सन्तोष पन्त, देशभक्त खनाल, दयाराम दाहाल, पुजना प्रधान, मनोज शाक्य, विशाल पहारी, सुवास गजुरेल, अच्युत गजुरेल, हिक्मत थपलिया, जनक बर्तौला, सरिता राजोपाध्याय, गीत विष्ट, साहिना भट्टराई, गीता अधिकारी, सुवर्ण थापालगायतका कलाकारको अभिनय छ । रामशरण उप्रेतीको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको नृत्य रहेको चलचित्रमा भिएफएक्स अच्युत गजुरेल र सम्पादन विपिन मल्लको छ । लेखन रिमेश अधिकारी/कृष्ण आचार्य र निर्माता/र्देशक रिमेश अधिकारी हुनुहुन्छ ।

‘‘नालापानी फिल्म सम्पूर्ण नेपालीको विरताको गाथा र गर्व गर्ने ईतिहास बोकेको फिल्म हो । फिल्मले नेपाली विरहरुको बहादुरिता बोल्ने छ र देश प्रेम बढाउने पुर्खाको योगदान र बलिदान बुझाउने छ । लामो समय र ठूलो लगानी खर्चिएको यो फिल्म बनाउनुको एउटै उदेश्य ईतिहास दस्तावेजीकरण गरेर आउँदा भावी पुस्तालाई ईतिहास जान्न बुझ्न सजिलो बनाइदिने छ’, निर्देशक अधिकारी भन्नुहुन्छ ।