Tuesday 28th April 2026

    पौडेल र लामाको "तिनपानेको झोल" सार्वजनिक    आगामी बजेट निजी क्षेत्रमैत्री, उत्पादनमुखी र लगानी प्रोत्साहन गर्ने खालको हुनुपर्नेमा चेम्बरको जोड    चलचित्र पत्रकार संघको नयाँ कार्यसमिति निर्वाचित    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न

चलचित्र प्राविधिक संघले दुई सय बढी सदस्यको सदस्यता खारेज गर्दै

Thursday, July 18, 2024 National Power

काठमाडौ – नेपाल चलचित्र प्राविधिक संघले करिब २०० बढी सदस्यहरुको सदस्यता खारेज गर्ने भएको छ । संघले सदस्यता खारेजीको विषयमा बिहीबार एक दैनिक पत्रिकामा ३५ दिने सूचना समेत जारी गरेको छ । विगत ५ वर्षदेखि सदस्यता नवीकरण नगर्ने सदस्यहरूको लागि संघले यो कठोर निर्णय लिएको हो । संघबाट परेको बेला विभिन्न सुविधा लिने तर सदस्यता लामो समय नवीकरण नगर्ने सदस्यलाई कारबाहीका रूपमा सदस्यता खारेज गर्न लागेको संघका अध्यक्ष पुष्कर लामाले बताए ।

‘हामीले अहिले अन्तिम अवसरको रूपमा ३५ दिने सार्वजनिक सूचना जारी गरेका छौँ’, लामाले भने– ‘यसलाई बेवास्ता गरे कारबाहीको भागेदार हुन्छ ।’ प्रत्येक वर्ष अनिवार्य सदस्य नवीकरण नियम भए पनि दुई सय बढी सदस्यले बेवास्ता गर्दै आएको लामाको धारणा रहेको छ ।

‘सदस्यलाई संघले आफ्नो हैसियतअनुसार अप्ठ्यारो परेको समय साथ र सपोर्ट दिँदै आएको छ’, लामा थप्छन् ‘कतिपय सदस्यले संस्थालाई प्रयोग गरेको मात्र देखिन्छ ।’ सदस्य संस्थाप्रति इमानदारी पनि नरहेको संस्थाले पनि माया देखाउनु नपर्ने उनी सुनाउँछन् । ‘संस्थालाई माया र इज्जत गर्नेलाई संस्थाले पनि सधैँ साथ र सपोर्ट गर्दै आएको छ’ लामाले थपे ।

लामाका अनुसार संघले नेपालमा छायाङ्कन गर्ने स्वदेशी तथा विदेशी चलचित्रमा विदेशी प्राविधिक भित्र्याउँदा संघबाट अनुमति लिनुपर्ने, संघका सदस्य नभएकोलाई चलचित्रको काम नलगाउन अनुरोध गर्ने र लगाएको पाइएमा कारबाही गर्न निर्णय गरेको छ ।