Friday 17th April 2026

    राष्ट्रिय साधना म्युजिक अवार्ड (रिवार्ड) को लागि आवेदन खुला    ‘सगरमाथा म्युजिक अवार्ड २०८२’ काठमाडौंमा भव्य रूपमा सम्पन्न    शम्भुजीत बासकोटालाई विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड    पाँचौँ संस्करणको ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सर्लाहीको चन्द्रनगरमा हुँदै    ‘मनझोली’ उपन्यास लोकार्पण : देवी घिमिरेको पाँच वर्षे साधनाको सार्थकता

गायक रुद्र शेखर शर्माको नयाँ गीत ‘तिमी भन्छौ जुन राम्रो ‘को छायाँकन अमेरिकामा सम्पन्न

Thursday, March 11, 2021 National Power

काठमाडौं – गायक रुडी शर्मा तथा मेलिना राईको नयाँ गीत ‘तिमी भन्छौ जुन राम्रो ‘को छायाँकन अमेरिकामा सम्पन्न गायक तथा कलाकार रुडी शर्मा(रुद्र शेखर शर्मा) तथा गायिका मेलिना राईको नयाँ गीत ‘तिमी भन्छौ जुन राम्रो ‘को छायाँकन अमेरिकामा सम्पन्न भएको छ ।

अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका रुडी शर्माको उक्त गीतको सार्वजनिक होली पर्वमा हुने भएको छ । छायाँकन सम्पन्न सम्पति संगै उनले नयाँको पोष्टर(तुल) शिव रात्रीको पावन अवसरमा सार्वजनिक गरेका छन् ।

उक्त गीतमा स्वयम् गायक रुडी शर्मा र कलाकार कला न्यौपानेले अभिनय गरेका छन् । उक्त गीतको छायाँकन भर्जिनिया राजका विभिन्न स्थानमा गरिएको छ । यस गीतका गीतकार बिपिन किरण हुन् भने संगीत नारायण सुबेदी(आभास )ले दिएका छन् । म्युजिक भिडीयोको निर्देशक दिल कृष्ण श्रेष्ठ हुन् भने क्यामरा(छायाँकन/तस्बिर )विक्रान्त श्रेष्ठले गरेका हुन् ।

रुडी शर्मा गायनको अतिरिक्त नमुना(मोडल)पनि हुन् भने हाल सम्म उनले ७ वटा गीत गाइसकेका छन । भबिश्यमा यस बर्ष नै थप केही गीतहरु ल्याउने तरखरमा रहेका छन ।